सिराज खान
नेपालगन्ज, असार ३२ गते । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा एक सय ९६ वटा सडक निर्माण, स्तरोन्नतीलगायत पूर्वाधारको काम गर्ने भएकाे छ । सोका लागि बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार, बाँकेका आठ वटै स्थानीयतहमा विभिन्न पूर्वाधार निर्माणका योजनालाई बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले बाँकेमा तीन लाख ९० हजारदेखि दुई करोडसम्मका सडक, नाला, ढल निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले सीतापुर राधापुर पुलचोकदेखि राधापुर पिसीओ जाने कृषि सडकका लागिएक करोड ५० लाख, च्यामा सम्झनाचोक खजुरा रिमझिमचोक राधापुर सडकका लागि एक करोड २० लाख, राप्तीसोनारी–७ सोनपुर हेल्थपोष्ट हुँदै पिपरहवा गङ्गापुर र मटेहिया जोड्ने सडक कालोपत्रे गर्न एक करोड २५ लाख, खजुरा बि गाउँ इ गाउँ पिलाडी चनौवा हुँदै मैट्वाचोक कोहलपुर सडकका लागि दुई करोड ५० लाख, राँझा–राजापुर मध्यमार्गी लोकमार्गका लागि एक करोड १५ लाख, पिप्रहवा खजुरा गाउँपालिकाको जलपुरी हुँदै शिवपुरी साईगाउँ सिमादेखि समरपुर बेलडाँडा सडक स्तरोन्नतिका लागि दुई करोड विनियोजन गरेको छ ।
यसैगरी कुलमानचोकदेखि एचगाउँसम्म जोड्न सडक कालोपत्रे बैजनाथ–६ बाँकेका लागि ४० लाख, बैजनाथ– माभज्यागौडीदेखि डायमड इमि स्कुलपूर्व शिवमन्दिरदेखि रारा बस्ती, बोरिङ् बस्तीसम्म कालोपत्रेका लागि ४० लाख, खजुरा क्यान्सर अस्पताल हुँदै राधापुर–च्यामे सडक कालोपत्रेका लागि ४० लाख, बैजनाथ–६ गडरहीपानी ट्याङ्कीदेखि एचगाउँ जेठी नालामापुलका लागि ४० लाख, करमोहना नालामा कल्र्भट निर्माण, कस्तुरी मार्ग जानकी गाउँपालिका– ३ का लागि ५५ लाख, नेपालगन्ज उपमहानगरपालिका–१७ ढोडेगाउँ देखि कालीमन्दिर हुँदै स्वास्थ्य चौकीसम्मको सडक स्तरोन्नतिका लागि ६० लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका–२ र ४ बुद्ध गुम्बादेखि नमस्ते टोलसम्मको बाटो ढक्कनसहितको नाली र सडक निर्माणका लागि २० लाख, खजुरा रनियापुर सिक्टा नहरदेखि छकरीपुर हुँदै सोलार कम्पनीबाट गंगालिपुर जाने सडक कालोपत्रेका लागि ४० लाख, जानकी गाउँपालिका–१ बढैयादेखि जोगागाउँसम्म बाटो कालोपत्रेका लागि एक करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको हो ।
प्रदेश सरकारले नेपालगन्ज १६ जैसपुर कब्रस्थानदेखि हनुमानमन्दिर हुँदै पाँचपोखरी जाने सडकका लागि २० लाख, नेपालगन्ज–१२ देखि जानकी तीन नयाँ बस्ती जोड्ने सडक नाली निर्माणका लागि २० लाख, पासाङ्गल्हामु मार्ग हुँदै ब्राइण्डल्याण्ड कलेज हुँदै जेलरोड जोड्ने सडक स्तरोन्नतीका लागि २० लाख, नेपालगन्ज–१७ परसपुरचोकदेखि सुख्खा बन्दरगाह सडक स्तरोन्नतिका लागि ७५ लाख, किरणनाला सडक पुल नेपालगन्ज उपमहानगरपालिका विशालचोक हुँदै जानकी गाउँपालिकाको बनियागाउँ हुँदै खजुरा गाउँपालिकाको चल्तुवा माडरिया बेडारी बनकटवा चोक सडक पाँच लाख, नेपालगन्ज–१६ जैसपुर भन्सारदेखि पञ्चपोखरी साइगाउँ हुँदै बढैया शिवपुरी खजुरा गाउँपालिका एकको बेलडाँडासम्मको सडकका लागि ६५ लाख, चौलिक्का चोक हुँदै भाटनपूर्वा डुडुवा–२ जोड्ने सडक र नेपालगन्ज– १४ का लागि ७५ लाख बजेट विनियोजन गरेको छ ।