• २४ असार २०८१, सोमबार

'ठेकीको मदानी'मा सुधिर र सुपा

blog

काठमाडौं, असार ३ गते । मोडल सुधिर श्रेष्ठ र सुपा खनालको अभिनय रहेको 'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'क्ल्यासिक फ्रेम मुभिज'को आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।  

यस गीतमा गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको स्वर रहेको छ । लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ । स्वयम गायक अर्यालले संगीतवद्ध गर्नुभएको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गर्नुभएको हो ।  

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ । सुरेश पाण्डेले कोरियोग्राफी गर्नुभएको भिडियोलाई महफुज अन्सारीको छायाँकन रहेको छ । भिडियोमा सुबाश देवकोटाको सम्पादन छ।  

मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो ।