बाबुराम देवकोटा
सिन्धुलीमाढी, असार १६ गते । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानीबासमा आइतबार राति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका–१४ चन्दनपुर निवासी अन्दाजी ३५ वर्षीय राजेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रानीबासबाट भिमानतर्फ आउँदै गरेको ज ४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनुभएका मोटरसाइकलमा सवार कुँवरलाई उपचारका लागि बर्दिबास लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यस्तै दुघटनामा घाइते अर्का १४ वर्षीय करण कुमरको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।