• ६ असार २०८२, शुक्रबार

हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको मृत्यु

blog

मृतक पूर्णकुमार श्रेष्ठ । तस्बिर : लिलाराज खड्का

लिलाराज खड्का
बिर्तामोड, असार ६ गते ।
जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको मेचीनगर नगरपालिका– दुर्जनचोकका ६८ वर्षीय पूर्णकुमार श्रेष्ठको मृत्यु भएको छ ।

तीन दिनअघि जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको श्रेष्ठको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचाररत हुनुहुन्थ्यो । तर स्वास्थ्यमा सुधान नभएपछि बिहीबार साँझ छोरा तेजबहादुर श्रेष्ठले घर ल्याउनुभएको थियो ।

उहाँको हिजै राति करिब ८ बजे घरमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट श्रेष्ठको करङ्ग भाचिँएको थियो भने खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको अस्पतालले जनाएको छ । श्रेष्ठलाई यही असार २ गते हात्तीले आक्रमण गरेको थियो ।