काठमाडौँ, असार २ गते । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७८ पैसा र बिक्रीदर १५९ रुपियाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ ४४ पैसा र बिक्रीदर १८७ रुपियाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ४२ पैसा र बिक्रीदर १७० रुपियाँ १६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १७ पैसा र बिक्रीदर ८९ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ १७ पैसा र बिक्रीदर १०१ रुपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ २४ पैसा र बिक्रीदर १०७ रुपियाँ ७० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १४ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७१ पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २४ पैसा र बिक्रीदर चार रुपियाँ २६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३७ पैसा र बिक्रीदर ३२ रुपियाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०६ पैसा र बिक्रीदर १० रुपियाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५० पैसा र बिक्रीदर १४ रुपियाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २९ पैसा र बिक्रीदर २१ रुपियाँ ३८ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ १५ पैसा र बिक्रीदर ४५१ रुपियाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६६ रुपियाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५० पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस