• २ असार २०८२, सोमबार

निर्माणाधीन सडक छेउमा गाडिएको अवस्थामा शव फेला

blog

कविराज घिमिरे 
हिले, असार २ गते ।
धनकुटा महालक्ष्मी नगरपालिका – ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । निर्माणाधीन सडक छेउमा आइतबार ग्राभेल सम्याउने क्रममा स्थानीयहरूले मानव खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यलय जितपुरको टोलिले सो स्थानबाट पुरुषको शव निकालेको थियो । मृतक महालक्ष्मी नगरपालिका–१ कटहरे निवासी २५ वर्षीय दिपेश कटवाल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी ओम प्रकास खनालले जानकारी दिनुभयो ।

परिवारका अनुसार कटवाल गत जेठ ३० गेत घरबाट निस्किनुभएको थियो । शव पुरिएर राखिएको अवस्थामा फेला परेकाले घटना शङ्कास्पद देखिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।