• २ असार २०८२, सोमबार

दुई संस्थालाई एम्बुलेन्स सहयोग

blog

भारतीय राजदूतावासले सहयोग गरेको एम्बुलेन्स ।

गुणबहादुर रोका

सुलीकोट, असार १ गते । भारतीय राजदुतावासबाट २ थान “ख” वर्गको एम्बुलेन्स गोरखा नगरपालिका–६ र गोरखा अस्पताललाई हस्तान्तरण गरिएको छ । गोरखा अस्पताल र गोरखा नगरपालिका–६ को वडा कार्यालयलाई पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको गोरखा नगरपालिका–६ का वडाध्यक्ष दिलिपकुमार जोशीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार गोरखा नगरपालिका–६ ज्येष्ठ नागरिक, विपन्न, अशक्त र महिलाका लागि वडावासीलाई यसले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता परोपकारी कामले जनताको मन जितेर अघि बढ्दा जनतासँग निकट हुन सहज हुने पनि बताउनुभयो ।

“ख” वर्गको एम्बुलेन्स बुझदै गोरखा नगरपालिका–६ का वडा अध्यक्ष जोशीले वडावासीहरूलाई स्वास्थ्य क्षेत्रमा एम्बुलेन्सले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै भारतीय राजदुतवासलाई धन्यवाद दिनुभयो । 

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत गोरखाका दुई स्थान गोरखा अस्पताल र गोरखा नगरपालिका वडा–६ लाई एम्बुलेन्स प्राप्त गर्न सफल भएको गोरखा अस्पतालका प्रमुख सिदार्थ खनालले बताउनुभयो ।

उहँका अनुसार जिल्लामा भएका अशक्त तथा विपन्न वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा दिन गोरखा अस्पताल तयार भएको डा. खनालको भनाइ छ । दुई देशको मित्रताको प्रतीकस्वरूप एम्बुलेन्स आइतबार गोरखा आइपुगेको वडा अध्यक्ष जोशीले बताउनुभयो ।