नेत्र शाही
जुम्ला, जेठ २९ गते । जुम्लाको तिला गाउँपालिकाको अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी तोडफोड भएको छ । बुधवार गाउँपालिका–४ मा राखिएको अवस्थामा अज्ञात समूहबाट गाडी तोडफोड भएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्ष मोतिलाल रोकाया, वडाध्यक्ष र कार्यपालिका सदस्य चढेर वडा नं ४ को कार्यक्रममा गएको गाडी वडापालिका नजिकै रोकेर बालविवाहमुक्त वडापालिका घोषणा कार्यक्रममा सहभागी भएका थियौ । उहाँले कार्यक्रम सकेर फर्किदा क्रममा गापडको पछाडिको सिसा तोडफोड भयो भन्ने खबर आएपछि बताउनुभयो ।
गाउँपालिकाले स्र्कापियो गाडी भर्खर खरिद गरेर एक दिन अगाडि मात्र गाउँपालिकामा भित्र्याएको थियो । प्रहरीका अनुसार गाडिको पछाडिको भागको सिसा फुटेको छ । प्रहरी नायब उपरीक्षक रविनवावु रेग्मीले कार्यक्रम भइरहेको स्थानमा गाडी केही तल राखिएको रहेछ, कार्यक्रम सकिएपछि तोडफोड भएको थाहाँ पाएको जानकारी प्राप्त भएको छ । उहाँका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।