कोपिला ढकाल
इलाम, जेठ २९ गते । पछिल्लो समय इलाममा हुुने जुनसुुकै कार्यव्रmममा जिल्लाका लागि कुुनै क्षेत्रमा केही भएन भन्ने धेरैको गुनासो सुुन्ने गरिन्छ तर जिल्लामा केही त भएको छ भन्ने उदाहरण पनि इलाममै रहेको छ ।
त्यस्तै उदाहरण यतिबेला इलाम अस्पतालछेउमा सञ्चालन भइरहेको अक्सिजन उत्पादन केन्द्र हो । तीन वर्षयता सञ्चालनमा रहेको केन्द्रबाट अहिले दैनिक छ सयदेखि सात सय किलो अक्सिजन उत्पादन भइरहेको छ ।
यहाँ उत्पादन भएको अक्सिजन इलाम अस्पतालमा आएका बिरामीका लागि पर्याप्त भएर बाहिरका बिरामीलाई समेत पुुग्ने गरेको छ । कोभिड–१९ को सङ्व्रmमणका समयमा बिरामीलाई अक्सिजन अभाव भएपछि प्रदेश र सङ्घीय सरकारको सहयोगमा सदरमुकाममा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको थियो । यो प्लान्टबाट अहिले पर्याप्त अक्सिजन उत्पादन हुने गरेको इलाम अस्पतालका बायोप्राविधिक खेमराज घिमिरे बताउनुुहुन्छ ।
घिमिरेका अनुसार यो प्लान्ट सोझै अस्पतालका बेडसम्म जडान गरिएको छ । यस्तै अस्पतालमा आएका बिरामी र बाहिर पठाउनुुपर्ने बिरामी र एम्बुलेन्सलाई पनि अक्सिजन निःशुल्क दिने गरिएको छ । अन्य अस्पतालबाट आएका बिरामी र अक्सिजन सिलिन्डर आवश्यक पर्ने बिरामीलाई पनि अक्सिजन भरेर दिने गरिएको प्राविधिक घिमिरेले बताउनुुभयो । “कतिपय आर्थिक अवस्था नाजुक भएका बिरामीलाई भने हामीले निःशुल्क पनि अक्सिजन दिने गरेका छौँ,” घिमिरे भन्नुुहुन्छ, “यहाँ अस्पतालबाहिरका बिरामीलाई प्रतिसिलिन्डर सात सय रुपियाँका दरले उपलब्ध गराइन्छ । यो सिलिन्डर बाहिरबाट ल्याउनुु पर्दा एक हजार पाँच सय रुपियाँ खर्च गर्नु पर्छ ।”
अहिले उत्पादन भइरहेको अक्सिजनले नै पर्याप्त भइरहेको र आवश्यक परे त्योभन्दा बढी पनि उत्पादन गर्न सकिने घिमिरेको भनाइ छ । अक्सिजन प्लान्ट जडान भएपछि अस्पतालको आकस्मिक कक्षमा धेरै सहज भइरहेको अस्पतालका इमर्जेन्सी इन्चार्ज टीका लुुइटेलले बताउनुुभयो । “प्रायः इमर्जेन्सीमा आउने बिरामीलाई अक्सिजन नै आवश्यक पर्छ । जिल्लामै अक्सिजन प्लान्ट नहुुन्जेल धेरै गाह्रो थियो, बाहिरी जिल्लाबाट सिलिन्डर भरेर ल्याउनुु पथ्र्यो, कोभिडका बेला त अत्यन्तै गाह्रो भयो,” लुुइटेलले भन्नुुभयो, “अहिले त इलाम अस्पतालमा अक्सिजनकै अभाव बिरामीले छटपटिनुु परेको छैन ।”
अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि दैनिक ६०–७० को हाराहारीमा बिरामी आउने गरेका छन् । तीमध्ये अक्सिजन आवश्यक पर्ने बिरामी पनि आठ/दस जना हुने गरेको अस्पतालले जनाएको छ ।