ग्राज (अस्ट्रिया), जेठ २८ गते । अस्ट्रियाको दोस्रो ठुलो सहर ग्राजको स्कुलमा गोलीबारी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यस घटनामा विद्यार्थी र शिक्षकहरूसहित गम्भीर घाइते हुनेको सङ्ख्या धेरै रहेको बताइएको छ । मङ्गलबार बिहान करिव १० बजे लेन्ड जिल्लाको ड्रेयरस्चुत्जेङ्गासेको बोर्ग स्कुलमा गोली चलेको थियो ।
प्रहरीले संदिग्ध अपराधी २२ वर्षीय बन्दुकधारीलाई पक्राउ गरेको छ । जो पहिला सोही विद्यालयका विद्यार्थी थिए । उहाँले आफैँलाई पनि गोली हानेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल