• २९ जेठ २०८२, बिहिबार

सिँजा गाउँपालिकाद्वारा नयाँ एम्बुलेन्स खरिद

blog

नयाँ एम्बुलेन्सको चाबि हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), जेठ २८ गते ।
जुम्लाको सिँजा गाउँपालिकाले पालिकाका नागरिकको राहतका लागि नयाँ एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नेपाल सरकारको पूर्ण राजस्व छुटसहित पालिकाको लगानीमा नयाँ एम्बुलेन्स खरिद भएको बताउनुभयो ।

नेपाल सरकारको पूर्ण राजस्व छुट एम्बुलेन्सको मूल्य २४ लाख परेको छ । जसमा एम्बुलेन्सको खुद मूल्य २१ लाख र अन्य व्यवस्थापनमा तीन लाख खर्च भएको छ । अध्यक्ष धितालका अनुसार, ‘‘पुरानो एम्बुलेन्स बिग्रन थालेपछि नागरिकको सेवाभन्दा मर्मत कार्यमा बढी खर्च हुन थाल्यो । नागरिकले दुःख पाउन थालेपछि नयाँ एम्बुलेन्स खरिद गरिएको हो ।’’

त्यसैले टेण्डर प्रक्रियामा गएर २१ लखमा नयाँ एम्बुलेन्स खरिद गरिएको उहाँको भनाइ छ । कुल मूल्य ३२ लाख भए पनि सरकारको राजस्व छुटअन्तर्गत ११ लाख रकम कम पर्यो । पुरानो एम्बुलेन्सका कारण सास्ती पाएका सिंजावासीले अब राहत पाउने अपेक्षा गरिएको छ । सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ भने अन्य नागरिकलाई सस्तोमा सेवा प्रवाह भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।