• २९ जेठ २०८२, बिहिबार

मनोनयन सार्वजनिक

blog

काठमाडौँ, जेठ २८ गते । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनीत चलचित्र र चलचित्रकर्मीको नाम सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा १७ विधामा मनोनयन सार्वजनिक गर्दै उनीहरूलाई मनोनयन प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।

लन्डनमा सेप्टेम्बर १३ मा आयोजना हुने अवार्डमा २०८१ सालको असार मसान्तपछि प्रदर्शनमा आएका चलचित्रमध्येबाट १७ विधामा उत्कृष्ट पाँच छनोट गरिएको हो । गौरी मल्ल संयोजक, रमेश बुढाथोकी र रमेश बुढाथोकी सदस्य रहेको जुरीको समूहले मनोनयन सार्वजनिक गरेको हो । निर्णायक मण्डलबाट प्राप्त उत्कृष्ट पाँचको नतिजा निष्पक्ष र पारदर्शी रहेको अवार्ड संयोजक मनिष कार्कीले बताउनुभयो ।