• २८ जेठ २०८२, बुधबार

राजविराज नगरपालिका तोडफोडको जिम्मा जसपाले नलिने

blog

जसपाका जिल्ला अध्यक्ष केदारप्रसाद यादव । तस्बिर ः गोरखापत्र

सुधा देव्

सप्तरी, जेठ २७ गते । राजविराज नगरपालिकाका मङ्गलबार भएको तोडफोडको जिम्मा जनता समाजवादी पार्टीले नलिने भएको छ । निलम्बित नगर प्रमुख भीमराज यादवको नेतृत्वमा भएको अराजक गतिविधिको जिम्मेवारी पार्टीले नलिने जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिनुभयो । 

निलम्बित नगर प्रमुख भीमराज यादवको नेतृत्वमा आएका समर्थकहरूले राजविराज नगरपालिकामा भएका कुर्सी, टेबल, झ्याल,ढोका लगायत सामाग्री तोडफोड गरी लाखौँको क्षति गरेका छन् । यादवले लगाएको ताला तोडेर कार्यवाहक नगर प्रमुख प्रमुखले निमित्त प्रशासकीय प्रमुखमा भोगेन्द्र यादवलाई हाजिर गराएपछि यादवका समर्थकहरूले नगरपालिकामा भएको सामाग्री तोडफोड गरी नगरपालिकाका लेखापाललाई कुटपिट गरी घाइते बनाएका छन् ।

निलम्बित नगर प्रमुख यादव र कावा नगर प्रमुख जसपा नेपालबाट निर्वाचित भएका हुनुभएको हो ।

 घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा मङ्गलबार भएको छलफलमा जसपा नेपालका जिल्ला अध्यक्ष यादवले नगरपालिकामा भएको क्षतिको विषयमा पार्टीले जिम्मा नलिने बताउँदै भन्नुभयो, अराजकता गतिविधि गर्नेले स्वयं जिम्मा लिनुपर्छ ।