काठमाडौँ, जेठ २७ गते । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको चौथो खेलमा (मङ्गलबार) आज नेपालले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
स्कटल्यान्डको डन्डीमा अहिले टस हारेको नेपालले पहिलो ब्याटिङ गर्ने निम्तो पाएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले टस जितर पहिले फिल्डिङ रोज्नुभएको हो ।
यस सिरिजको अघिल्ला तीन खेलमा दुई जित र एक हार खेपेको नेपाल आज तेस्रो जित निकाल्दै सिरिजको अन्य गर्ने दाउमा छ । यता नेदरल्यान्ड्स नेपालसँग पहिलो खेलमा हारेको बदला लिने तयारीमा छ छ ।
नेपालले सिरिजको सुरुवाती दुई खेल लगातार जितेको थियो । पहिलो खेलमा स्कटल्यान्डमाथि एक विकेटको रामोञ्चक जित हात पारेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
यस्तै सनसनीपूर्ण तेस्रो खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो । नेपालले स्कटल्यान्डसँग सर्वाधिक तिन सय २१ रन बनाउँदै दुई विकेटको हार खेपेको हो ।
नेपालले आज यसअघि आइतबार घरेलु टोली स्टकल्यान्डसँग खेलेका तिन खेलाडी परिवर्तन गरेको छ । आसिफ शेख, गुलसन झा र सोमपाल कामीलाई आराम दिइएको छ । सोमपाल र गुलसन घाइते हुनुभएकोले आराम दिइएको हो ।
उहाँहरूको स्थानमा क्रमश: नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई मौका दिइएको छ । नन्दनले यस खेलबाट नेपालका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गर्नुभएको छ ।
यस सिरिजमा १४ खेल खेलको नेपाल १० अङ्कसहित सातौँ स्थानमा छ । यस्तै २२ खेलबाट २६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । १८ खेलबाट २२ अङ्क बनाएको स्कटल्यान्डको चौथो स्थानमा छ ।
लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो । यस सिरिज पछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।
नेदरल्यान्ड्सविरुद्ध नेपाली टोली
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिल साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित राजवंशी ।