• २३ जेठ २०८२, शुक्रबार

तीन दिन लाइसेन्स छपाइ बन्द हुने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २२ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीन दिन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जेठ २७ देखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द हुने जनाएको छ । स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले छपाइ बन्द गर्न लागिएको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो ।  

उक्त अवधिमा अत्यावश्यक सवारीचालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ अगावै निवेदन बुझाई स्वीकृत भएको यकिन गर्नुहुन विभागले अनुरोध गरेको छ । विभागका अनुसार हाल करिब ३० लाखप्रति लाइसेन्स छाप्न बाँकी छ ।