साहारा लिम्बू
फुङ्लिङ, जेठ २१ गते । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका छ का अर्जुन गुरुङ पक्राउ परेका छन्।
गुरूङले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका ३ का २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमका अनुसार गुरुङ र उहाँकी श्रीमती सरिता लिम्बू जेठ २१ गते राति सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका तीनको तावा पुगका थिए ।
राति नै गुरुङ र उहाँकी श्रीमतीबिच झगडा भएपछि योगमाया लिम्बूले सम्झाईबुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो । तर फक्ताङलुङ गाउँपालिका तीनको सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्र बिच झगडा हुँदा अर्जुनले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार पछि घटना लगत्तै तेजेन्द्रको मृत्यु भएको थियो ।
त्यसपछि गुरूङ फरार रहेका थिए । गुरूङलाई बुधबार दिउसो एक बजे फुङ्लिङ नगरपालिका १० को भिरकुनाबाट पक्राउ गरीएको सुचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ ।