काठमाडौँ, जेठ २१ गते। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार मात्र बस्ने भएको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक ३:१५ बजेका लागि सरेको थियो।
बुधबार विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको थियो।परिवर्तित समयमासमेत बैठक बस्न नसकेपछि बिहीबारका लागि सरेको सङ्घीय महासचिव पाण्डेले सार्वजनिक गर्नुभएको सूचनामा उल्लेख छ।
प्रतिपक्षी र सत्ता पक्षका दलबिच पर्यटन भिसा प्रकरणमा कुरा नमिल्दा संसद अवरुद्ध हुँदै आएको छ। प्रमुख प्रतिपक्षी दलको अडानमा सत्ता पक्षले सहमतिको प्रयास गरे पनि सहमति हुन सकेको छैन।