• २३ जेठ २०८२, शुक्रबार

पर्यटक बसमा ढुङ्गा हानेर फरार तीन जना पक्राउ

blog

सन्ताेष सुवेदी

कास्की, जेठ २१ गते । पर्यटक बसलाई ढुङ्गा हानेर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका १ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने वर्ष ४८ को तिलक बहादुर थापा मगर, बारा जिल्ला कोल्वी नगरपालिका १ घर भई हाल पोखरा २६ विजयपुर बस्ने वर्ष ३० को मानप्रसाद खरेल र गोर्खा जिल्ला पालुङ्टार नगरपालिका २ घर भई पोखरा १४ बस्ने वर्ष २८ को राजेश मरट्टा छन् ।

आइतबार राती साढे ११ बजेको समयमा पोखरा महानगरपालिका १४ चाउथेबाट काठमाडौँतर्फ जाँदै गरेको बा. १ प. ९१६ नम्बरको पर्यटक बसको सिसामा उनीहरूले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बसमा नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरबाट भम्रणका लागि आएका विद्यार्थी सवार थिए । ढुङ्गा प्रहारबाट ५ जना विद्यार्थी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जना विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक कार्य गर्न नहुने कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।