• २३ जेठ २०८२, शुक्रबार

व्यूटीपार्लर व्यवसायी श्रेष्ठ पुरस्कृत

blog

उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत सितला श्रेष्ठ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २१ गते ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङकी एक व्यूटीपार्लर व्यवसायी पुरस्कृत हुनुभएको छ । फुङ्लिङ बजारस्थित न्यू सौन्दर्य व्यूटीपार्लरकी सञ्चालक सितला श्रेष्ठ जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत हुनुभएको हो ।

व्यूटीपार्लर व्यवसायी श्रेष्ठलाई कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरेको हो । उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत श्रेष्ठले नगद साथै सम्मानपत्र पाउनुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले सफल महिला उद्यमी तथा उत्कृष्ट व्यवसायी छनोट गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरेको थियो ।

सातौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मङ्गलबार विराटनगरमा आयोजित कार्यक्रमकाबिच श्रेष्ठ सम्मानित हुनुभएको हो । व्यवसायी श्रेष्ठ विगत ११ वर्षदेखि सदरमुकाम फुङ्लिङ बजारमा व्यूटीपार्लर व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।