काठमाडौँ, जेठ २० गते। बालबालिकाबीचको सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का विजेता थाइल्याण्ड जाने भएका छन्।
आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमबिच विजेता आगामी ६ जुलाइमा वर्ल्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्त्व गर्ने जानकारी गराएको थियो।
प्रतियोगीताको गएको वैशाख १३ गते फिनाले भएको थियो। जसमा मिस्टर नेपाल जुनियर इन्टरनेशनल २०२५ अर्मन महत बन्न सफल हुनुभएको थियो भने मिसेस नेपाल जुनियर इन्टरनेशनल २०२५ आइसा ठाकुर बन्नुभएको थियो।
यस्तै मिस लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सोहना दाहालले पाउनुभएको थियो भने मिस्टर लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सक्षम पराजुलीले पाउन सफल हुनुभएको हो। चारै जना विजेताले थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्त्व गर्न पाउनेछन्।
मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलको आयोजक संस्था ट्वान्टी फो फ्रेमका सिइओ त्रिलोक विक्रम थापाले यो प्रतियोगीता एक पेजेन्ट मात्र नभएर बालबालिका लागि सिकाइको ठुलो माध्यम रहेको बताउनुभयो।