सन्तोष दहित
दाङ, जेठ २० गते । पन्ध्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने नगरका खेलाडीहरुलाई घोराही उपमहानगरपालिकाले सम्मान गरेको छ । मंगलबार घोराही उपमहानगरपालिका कार्यालयमा खेलाडीलाई सम्मान गरिएको हो ।
नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेलगायतले खेलाडीहरुलाई खादा र प्रमाणपत्रले सम्मान गर्नुभयो ।
सम्मान कार्यक्रममा उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख बासुदेब आचार्य, सामाजिक विकास महाशाखा प्रमुख घनश्याम वली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनसहित खेलकुद विकास समितिका सदस्यहरुको उपस्थिति थियो ।