म्याग्दी, जेठ २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ ।
अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आज नारच्याङमा आयोजना गरेको कार्यक्रममा सरकारले पर्यटन नीतिमा समसामयिक सुधारका साथै कल्याणकारी कोष स्थापना गर्ने बताउनुभयो ।
“पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको छ,” उहाँले भन्नुभयो, “पर्यटन नीतिमा आरोही कल्याणकारी कोष स्थापनाको प्रस्ताव गरेका छौँ ।”आरोही कल्याणकारी कोषमार्फत दुर्घटनामा परेका पर्वतारोहीहरुको उद्धार, उपचार र पर्वतारोहणपछिको जीवनलाई सहज बनाउन सघाउने सरकारको योजना रहेको मन्त्री पाण्डेले बताउनुभयो ।
गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बस्यालले पोखरालाई गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय राजधानीलाई सङ्घीय मन्त्रिपरिषद्बाट अनुुमोदन हुनुपर्नेमा जोड दिनुभयो ।