• २२ जेठ २०८२, बिहिबार

वैकुण्ठ मानन्धर सम्मानित

blog

काठमाडौँ, जेठ २० गते । कीर्तिमानी ओलम्पियन धावक वैकुण्ठ मानन्धर सम्मानित हुनुभएको छ ।

प्याङ्क बाइकले आफ्नो सय वर्ष पुगेको अवसरमा मानन्धरलाई सम्मानित गरेको हो । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मङ्गलबार मानन्धरलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा ओलम्पिन मानन्धरलाई एक थान प्याङ्क एडिसन बाइक प्रदान गरिएको छ । मानन्धरको खेलकुदप्रति अथक समर्पण र प्रेरणादायी उपस्थितिको कदर गर्दै प्याङ्क कस्टमवैकुण्ठ मानन्धर २:१५:०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरेको प्याङ्क बाइकका संचालक तिरेक मानन्धरले बताउनुभयो ।

मानन्धर एडिसन साइकलको सद्भावना दूत पनि नियुक्त गरिएको छ । मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग) को म्याराथन दुई घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गर्नुभएको थियो । उक्त कीर्तिमान दक्षिण एसियामा हालसम्म तोडिएको छैन । यस्तै 

प्याङ्क बाइकले नयाँ पत्रिकाका पत्रकार रमेश सुवेदीलाई एक थान साइकलद्वारा सम्मान गरेको छ । सुवेदीले गोलप्रथाद्वारा साइकल पुरस्कार पाउनुभएको हो ।