• २२ जेठ २०८२, बिहिबार

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने

blog

फाइल तस्बिर

काठमाडौँ,  जेठ २० गते। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार मात्र बस्ने भएको छ।

सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मङ्गलबार दिउँसो दुई बजे बस्ने भनिएको बैठक बुधबार दिउँसो १ बजेका लागि सरेको हो।

मङ्गलबार विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले दिउँसो दुई बजे बस्ने गरी समय परिवर्तन गरिएको थियो।परिवर्तित समयमासमेत बैठक बस्न नसकेपछि बुधबारका लागि सरेको हो।

प्रतिपक्षी र सत्ता पक्षका दलबिच पर्यटन भिसा प्रकरणमा कुरा नमिल्दा संसद अवरुद्ध हुँदै आएको छ।