• २२ जेठ २०८२, बिहिबार

चर्दाचर्दै ६ भैँसी मरे

blog

मरेको भैँसी खाल्डामा गाड्दै स्थानीय ।

जानु पाण्डे

कपिलवस्तु, जेठ २० गते । कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरङ्गियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको ज्यान गएको छ । स्थानीय रामकिशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा चराउन लगेका भैँसीको मृत्यु भएको थियो । 

खेतमा घाँस चर्दै गरेका बेला भैँसी एक्कासी ढल्न थालेपछि बाँकी भैँसीलाई तत्काल त्यहाँबाट हटाइएको थियो । भैँसी अझै बिरामी अवस्थामा रहेको बताइएको छ । स्थानीय समाजसेवी लोकेश थापाका अनुसार भैँसीको अकस्मात मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन । 

इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको र परीक्षण रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने हर्षबहादुर चन्दले बताउनुभयो ।