काठमाडौँ, जेठ १८ गते । ‘स्वर्णकथा नेपाली फुटबलको’ नामक पुस्तक सार्वजनिक भएको छ ।
खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेख्नुभएको नेपाली फुटबलको इतिहास समेटिएको उक्त पुस्तकको आइतबार चर्चित फुटबलर राजुकाजी शाक्यले एक कार्यक्रमबिच विमोचन गर्नुभयो ।
बुकहिलले प्रकाशन गरेको पुस्तकमा नेपाली फुटबलको सय वर्ष लामो इतिहासदेखि नेपालले वि.सं. १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दाको विषयलाई मुख्य रूपमा समेटिएको छ ।
नेपाली फुटबल बारेमा पुस्तकको रूपमा आएको यो पहिलो पटक हो । पुस्तक र लेखक हिमेशको बारेमा प्रकाश बुकहिलका भुपेन्द्र खड्का, ओलम्पियन एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठ, वरिष्ठ पत्रकार युवराज घिमिरे, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईलगायतले चर्चा गर्नुभयो ।
उहाँहरूले पुस्तक नेपाली फुटबलको पहिलो दस्तावेज भएकोले फुटबल इतिहासबारे जान्न सहयोग पुग्ने बताउनुभयो । लेखक हिमेशले आफु सानैदेखि फुटबलको समर्थक भएको र फुटबल लेख्दै आएकोले पुस्तक निकाल्ने आफ्नो सपना पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आज मेरो सपना पूरा भएको छ । यस यात्रामा साथ दिने सबैलाई धन्यवाद ।’’