• १९ जेठ २०८२, सोमबार

भाटा प्रहारले एकको मृत्यु

blog

सन्तोष राउत

सोलुखुम्बु, जेठ १७ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ चङ्खिदोमा बाँसको भाटा प्रहारबाट एक जनाको ज्यान गएको छ । ४० वर्षीय प्रेमकुमार कुलुङको हत्या अभियोगमा प्रहरीले सोही स्थानका २६ वर्षीय रघु कुलुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार राति आफ्नै घरमा रघुले प्रेमकुमारमाथि बाँसको भाटा र लाठी प्रहार गर्दा गम्भीर घाइते भएका प्रेमकुमारलाई उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल, बुङ लगिएकोमा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्युको खबर प्राप्त भएपछि प्रहरीचौकी बुङबाट खटिएको टोलीले रघुलाई पक्राउ गरेको हो । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।