• १९ जेठ २०८२, सोमबार

थप पानी नपरे साँझसम्ममा सडक खुल्ने

बाढीले अवरुद्ध कोसी राजमार्ग (फोटो फिचर)

blog

बाढीले बगाएको कोशी राजमार्गको भेडेटार मुलघाटखण्ड। तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 

हिले, जेठ १७ गते। अविरल वर्षाका कारण शनिबार बिहानदखि अवरुद्ध कोसी राजमार्गको भेडेटार मुलघाट सडकखण्ड अझै खुल्न सकेको छैन। साँगुरीगढी गाउँपालिका–६ फेदीस्थित लेउती खोलामा आएको बाढीले करिब सय मिटर सडक कटान गरेको छ। अवरुद्ध सडक खुलाउन बिहानैदेखि प्रयास भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिनुभयो। पानी पुन नपरेको खण्डमा साँझसम्ममा एकतर्फी सडक सञ्चालन हुनसक्ने उहाँको भनाइ छ।  अहिले डाइभर्सन निर्माणको काम भइरहेको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक  कुवनारायण श्रेष्ठका अनुसार सवारी आवागमन ठप्प भए पनि उक्त क्षेत्रमा पुगेका यात्रुलाई ओहोरदोहोर गर्ने व्यवस्था मिलाइएको छ। बिहान करिब ९ बजेबाट केही समय पैदल हिँडेर यात्रुलाई ओहोरदोहोर गर्ने व्यवस्था मिलाइएको हो। 

यता, नमस्ते झरना छेउमा कोशी राजमार्गमा खसेको पहिरो भने पन्छाइएको छ। सडक भत्किएपछि धनकुटासहित भोजपुर सङ्खुवासभा, तेह्थुम, पाँचथर र ताप्लेजुङ्गसँग तराईको आवतजावत ठप्प भएको छ।