• १९ जेठ २०८२, सोमबार

कर्णाली कोरिडोर पाँच दिन बन्द

blog

पाँच दिनसम्म बन्द हुने कर्णाली कोरिडोरको खुलालु लालिघाट खण्ड । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, जेठ १७ गते । जमुना हिल्सा जोड्ने कर्णाली करिडोरको कालीकोट खण्ड पाँच दिन बन्द हुने भएको छ । कोरिडोरको खुलालुदेखि लालिघाटसम्मको सडक खण्ड आरसिसि गर्नुपर्ने भएकाले पाँच दिन सम्म बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गर्दै जेठ २० गते बिहानदेखि २४ गते बेलुकासम्म सडकको स्तरउन्नती आरसिसि गर्नुपर्ने भएकाले कोरिडोर बन्द हुने भनेको छ । 

शुक्रवार जारी सूचनामा सडक बन्द गर्नुपर्ने भएकाले त्यस अगाडी अतिआश्यक बस्तु आयत गरिसक्न सुझाव समेत दिइएको छ । कोरिडोरको यो खण्ड चट्टानी भाग भएकाले यहाँ वर्षातको समयमा अन्यत्रबाट बगेर आएको हिलोका कारणले यातायात सञ्चालनमा निकै कठिन हुन्छ । कुनै ठाउँमा चिप्लो पहरा कुनैमा हिलो आफै उत्पन्न हुने हुँदा गाडी सञ्चालनमा समस्या हुने भएकाले वर्षा अगाडी नै आरसिसि गर्न लागिएको हो । 

जिल्ला प्रशासन कार्यायलमा राजनिति दल, जनप्रतिनिधि, सुरक्षा निकाय सबैको सर्वदलिय तथा सर्वपक्षिय बैठकले पाँच दिनसम्म उक्त खण्ड बन्द गरेर भएपनि सडकमा आरसिसि गर्ने निर्णय भएको सुचनामा उल्लेख गरिएको छ । कोरिडोरदेखि यात्रा गर्ने उत्तर तर्फ हुम्ला, वाजुरा, मुगु कालीकोटका अन्य स्थानीय तहवाट सुर्खेत नेपालगन्जतर्फ जाने यात्रुलाई लालिघाटसम्म आउन दिने त्यहाँवाट जितेगडाको झोलङगे पुल भएर कर्णाली राजमार्ग हुदै यात्रा सहज बनाउने बताइएको छ । 

यस्तै सुर्खेत, नेपालगन्ज, दैलेख अछामवाट आउने यात्रुलाई कालेखोला जिरोप्वाइन्ट सम्म आउन सहज बनाउने र त्यहाँबाट गन्तब्य जानका लागि यातायात व्यवसायीले सहज बनाउन सहजिकरण गर्ने उल्लेख छ । सहयाक प्रमुख जिल्ला अधिकारी जनक शर्माद्वारा हस्ताक्षरित सूचनामा पाँच दिन सम्म सडक बन्द हुदा यात्रु तथा यातायात व्यवसायीलाई पर्ने पिरमर्का असुविधा प्रति बोध गदै आगामी दिनमा आरसिसि गर्ने काम सम्पन्न भएपनि सडकलाई सहज बनाउने उल्लेख छ । 

सडक बन्द हुदा मुगु, हुम्ला,वाजुराका साथै कालीकोटको रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पलाँता र पचालझरना गाउँपालिकाका नागरिकलाई सिधा यात्रा गर्न कठिन हुने छ ।