• १६ जेठ २०८२, शुक्रबार

प्रदेश संरचनाको दिगोपना आवश्यक

blog

खेमराज सापकोटा

रानी (विराटनगर), जेठ १५ गते । गणतन्त्र नेपालको घोषणा भएको १७ औँ वर्षगाँठको अवसरमा बिहीबार देशभर विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलनपछि २०६५ सालको जेठ १५ गते राजतन्त्रको अन्त्य गरी गणतन्त्रको औपचारिक घोषणा गरेको थियो । यही ऐतिहासिक निर्णयको जगमा निर्माण भएको नेपालको संविधान २०७२ ले तीन तहको सरकारको परिकल्पना गरेको छ । 

सङ्घ, प्रदेश र स्थानीय तहका रूपमा काम गरिरहेका यी सरकारमध्ये प्रदेश अपेक्षाकृत नयाँ संरचना हो । यही नयाँ संरचनालाई संस्थागत रूपमा सुदृढ गर्दै अगाडि बढाउन ढिलाइ गर्दा यसप्रति नै वितृष्णा सिर्जना हुने हो कि भन्ने आशङ्का बढ्न थालेको देखिन्छ । यही परिप्रेक्ष्यमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीहरूसँग कुरा गर्दा उहाँहरू मुलुकलाई समतामूलक रूपमा अगाडि बढाउन प्रदेश संरचना अति आवश्यक भएकाले यसको दिगोपनमा जोड दिनुहुन्छ ।

जनताको नजिकको सरकार : शेरधन राई

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले सङ्घीय संरचनाको महìवपूर्ण अङ्गका रूपमा प्रदेश सरकारलाई लिनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुहुन्छ, “हामीले जनताको जीवनसँग जोडिएका आधारभूत आवश्यकता जस्तै बाटो, खानेपानी, सिँचाइको पहुँच समाधान गर्न सकिने क्षमता प्रदेश सरकारले राख्छ भन्ने प्रमाणित गरेका थियौँ ।”

राईले प्रदेश संरचनाप्रति सुरुमा जनस्तरमा ठुलो भरोसा रहेको तर पछिल्लो समयको राजनीतिक अस्थिरताले आमनागरिकमा निराशा थपेको बताउनुभयो । प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको आरोप लागिरहे पनि राईको भनाइमा त्यो संरचनाको कमजोरी होइन, राजनीतिक नेतृत्वको अस्थिरता र कमजोरी हो । प्रदेशप्रति जनतालाई भ्रमित बनाउने कार्य भइरहेकोमा चिन्ता जाहेर गर्नुभएका राईले गणतन्त्र दिवसको अवसरमा प्रदेश संरचनालाई सरकारको संरचनाको महìवपूर्ण अङ्गका रूपमा लिएर बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

मानव विकासमा लगानी नै समृद्धिको आधार: केदार कार्की पूर्वमुख्यमन्त्री केदार 

कार्कीले प्रदेशको दिगो विकासका लागि ‘मानव संसाधन’ नै प्रमुख आधार हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सरकारको काम जनतामा देखिनु आवश्यक छ । त्यो तब सम्भव हुन्छ जब हामी मानव विकासमा केन्द्रित हुन्छौँ । शिक्षा, स्वास्थ्य र सिपको विकासले मात्र समृद्ध प्रदेश निर्माण सम्भव छ ।”

कार्कीले गणतन्त्रले नागरिकमा आत्मपहिचान, आत्मविश्वास र अनुशासनको भावना विकास गराएको उल्लेख गर्दै भन्नुभयो, “यदि हामी अनुशासित भएर काम गर्छौं भने उपलब्धि सम्भव छ । मानिसका आवश्यकता पूरा गर्न प्रदेश सरकारका बजेट र कार्यव्रmम पुगिरहेका छन् । अब त्यसलाई सही दिशामा लैजान जरुरी छ ।” जनताको भविष्यसँग जोडिएको विकासमा ध्यान दिन सकियो भने प्रदेश सरकार जनताको नजिक बन्न सक्ने उहाँको भनाइ छ ।

नेतृत्व परिवर्तनसँगै स्थायित्वको अपेक्षा : हिक्मत कुमार कार्की

कोशीमा दोस्रो प्रदेश सभामा अहिलेसम्म छ जना मुख्यमन्त्री भइसक्नुभएको छ । हालसम्म शेरधन राई, भीमप्रसाद आचार्य, राजेन्द्र राई, उद्धव थापा, केदार कार्की र हालका मुख्यमन्त्री हिक्मतकुमार कार्की । यसरी हेर्दा छोटो अवधिमा बारम्बार नेतृत्व परिवर्तन भइरहनाले प्रदेशमा राजनीतिक अस्तिरताको पुष्टि गर्छ ।  पूर्वमुख्यमन्त्रीहरूका अनुसार प्रदेश संरचना सुदृढ र दिगो बनाउने हो भने मात्र सङ्घीय गणतन्त्रको भावना जनताको जीवनमा व्यावहारिक रूपमा अनुभूति गराउन सकिने छ ।