• २० जेठ २०८२, मङ्गलबार

सप्तरीमा नवजात शिशु मृत फेला

blog

शव भेटिएको स्थलमा स्थानीयको भीड । तस्बिर : गोरखापत्र

विनय कर्ण 

कल्याणपुर (सप्तरी), जेठ १२ गते । सप्तरीमा सोमबार एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ । 

जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टीमा नवजात छोरी शिशु मृत अवस्थामा भेटिएको हो । 

बाटो छेउको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । शिशुको शव २–३ दिनअघि नै फालिएको हुनसक्ने प्रहरीको भनाई छ ।

भेटिएको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको नायव उपरीक्षक काफ्लेले बताउनुभयो । यसबारे अन्य अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।