काठमाडौँ, जेठ ११ गते । साबिक हेल्प नेपाल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले क्लबले नवौँ प्रधानमन्त्री कप एनभिए लिगमा जित निकालेका छन् ।
पोखरा रङ्गगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको खेलमा हेल्प नेपालले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–२१, २५–२०, २५–२२ को जित निकाल्यो । हेल्प नेपालको लगातार चौथो जित हो ।
अर्को खेलमा पुलिसले सुदूरपश्चिम खेलकुद परिषद्लाई ३–० को सेटमा हरायो । पुलिसले २५–१९, २५–५, २५–१९ को जित निकालेको हो । जितसँगै पुलिसले चार खेलबाट नौ अङ्क बनाएको छ । सुदूरपश्चिम समान खेलमा अङ्कबिहीन छ ।
यस्तै महिलातर्फ पुलिसले एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । अर्को खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्बललाई ३–१ को सेटमा हरायो ।