काठमाडौँ, जेठ ११ गते । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कांस्य पदक जित्नुभएको छ ।
भारतमा भएको प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो । पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले बताउनुभयो ।
उहाँले यो उपलब्धि नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक रहेको समेत बताउनुभयो । टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसीले यस पदकले नेपाली कस्तीलाई धेरै प्रेरणा मिलेको बताउनुभयो ।