• ८ जेठ २०८२, बिहिबार

अद्भिका ‘मिनी डान्सिङ स्टार’ विजेता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ८ गते  । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा ‘डी एस ए स्टार २०२५ सिजन–१६’ को प्रतिस्पर्धामा विधागत रूपमा बालबालिका विजेता बनेका छन् । 

प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अद्भिका लामिछाने विजेता बन्दा रुबिना राई दोस्रो र एलिस्मा वाइबा तेस्रो हुनुभयो । त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ समृद्धि शाहले शीर्ष उपाधि जित्दा दिसिका घिसिङ दोस्रो, युनिका बोगटी तेस्रो र सुबिसा बोहोरा चौथो हुनुभयो । त्यस्तै ‘प्री टिन डान्सिङ स्टार’ तर्फ मनीषा श्रेष्ठ विजेता बन्दा रुहिना तामाङ दोस्रो, शिखा तामाङ तेस्रो र एन्जल रानामगर चौथो हुनुभयो । ‘सिङ्गिङ स्टार’ तर्फ आँचल अधिकारीले शीर्ष उपाधि चुम्दा प्रिन्सेस भण्डारी दोस्रो, कृष सुनार तेस्रो र रेसन गुरुङ चौथो हुनुभयो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जी आरले फाइनलअघि ३० दिनसम्म ७३ जना बालबालिकालाई तारकेश्वर नगरपालिकामा रहेको सनफ्लावर एकेडेमीमा प्रशिक्षण दिइएको बताउनुभयो ।