• ८ जेठ २०८२, बिहिबार

ऋतुहरूको कथा ‘ऋतु राग’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ७ गते । ऋतुहरूको बारेमा बढी बुझ्न उत्सुक हुनुुुहुन्छ भने थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ऋतु राग’ हेर्न पुग्नुपर्ने हुन्छ । ऋतुको महत्त्व र यसको परिवर्तनले मानव जीवनमा पार्ने असरलाई नाटकमा प्रस्तुत गरिएको छ । 

एक बालिकाको कौतूहल र ऋतुको महŒवलाई नाटकले राम्ररी प्रस्तुत गरेको छ । ऋतु राग एउटा यस्तो सुरिलो यात्रा हो; जहाँ हरेक ऋतु आफ्नो रङ, भावना र धुन लिएर जीवन सँगसँगै बगिरहेको हुन्छ । नाटकमा ऋतुहरूबाट पाएका अनुभवलाई सम्झने प्रयास गरिएको छ । कहिले बदलिँदै गरेको आकाशको सुगन्ध ल्याउँछ त कहिले स्मृतिको न्यानोपन महसुस गराउँछ । ऋतु राग सङ्गीत र शरीरको अभिव्यक्तिको माध्यमबाट प्रकृतिको लयसँग जोडिने प्रयास हो । 

नाटकमा ऋतुहरूको फेरबदलको रमाइलो कथा रहेको छ । हाम्रो जीवनमा ऋतुहरूको महŒव कति छ भनेर यस नाटकमा देख्न सकिन्छ । विशेष गरी बालबालिकाले कल्पना गर्ने ऋतुहरूलाई रङ्गीचङ्गीका साथ नाटकमा प्रस्तुत गरिएको छ । ठुलाबडाका लागि पनि उत्तिकै महŒवपूर्ण नाटकमा गीत, हाँसो अनि प्रकृति प्रेम जस्ता सन्देश भरिएको छ । 

सङ्गीतको मिठो धुनले नाटकलाई अझ जीवन्त बनाएको छ । नाटक १८ गतेसम्म मञ्चन हुने छ । सुदीप खतिवडाले लेखन तथा निर्देशन गर्नुभएको नाटकमा दिपेश काफ्लेले सहनिर्देशन रहेकोे छ । निर्देशक खतिवडाको यो पहिलो प्रयास हो । नाटकमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रुजा राउत, उमेश दुलाललगायतको अभिनय छ ।