इलाम समाचारदाता
इलाम, जेठ ७ गते । आफ्नो लालपुर्जा नहुँदा बर्सौंदेखि भूमिसम्बन्धी समस्या झेल्दै आएका भूमिहीनलाई लालपुर्जा वितरण गर्न अहिले जिल्ला तहमा धमाधम काम भइरहेको छ । जिल्लास्थित भूूमि समस्या समाधान आयोगले मङ्गलबार पनि बैठक राखेर जिल्लाका विभिन्न पालिकाबाट आएका निवेदनलाई अध्ययनपछि टुुङ्ग्याएको आयोगका जिल्ला अध्यक्ष प्रकाश अधिकारीले बताउनुुभयो ।
आयोगले अहिले चुुलाचुुली गाउँपालिका, रोङ गाउँपालिका, माई नगरपालिका, सूूर्योदय नगरपालिका र माङ्सेबुुङ गाउँपालिकामा भूूमिसम्बन्धी समस्या समाधानको काम गरिरहेको छ । यीमध्ये चुुलाचुुली गाउँपालिकामा ३२ वटा लालपुुर्जा वितरणको तयारी भएको छ । यस्तै बैठकले चुुलाचुुली–५ बाट दर्ता भएका ९४ वटा निवेदनको प्रमाणीकरणको काम गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुुभयो ।
यस्तै २१२ निवेदनमध्ये रोङ–१ मा १५० कित्ताको लालपुर्जाको निर्णय भएको छ । रोङमा सम्बन्धित कित्ताको राजस्व अङ्क तोकेर बुधबारदेखि १५ दिने सूचना निकालिने जनाइएको छ । माङ्सेबुुङ–६ मा ११० वटा, माई–४ को १५२ वटा कित्ताको दाबी विरोधको सूचना निकाल्ने निर्णय भएको छ । यस्तै सूनपा–९ को २३ वटाको प्रमाणीकरणको काम गर्ने तयारी गरिएको आयोगले जनाएको छ । आयोगका अध्यक्ष अधिकारीले भन्नुुभयो, “पाँच वटा पालिकामा ३० जना प्राविधिक फिल्डमा खटाएका छौँ । यो आर्थिक वर्षभित्र प्रमाणीकरण भइसकेका निवेदनको काम सम्पन्न गरेर लालपुर्जा बनाउने चरणमा जाने लक्ष्य छ । अहिले यस विषयमा निरन्तर काम भइरहेको छ ।” यसअघि माङ्सेबुुङ गाउँपालिकामा केहीलाई भूूमिहीनलाई निस्सासमेत दिइसकिएको छ ।
जिल्लामा अन्य पाँच वटा पालिकाले भने भूूमिसम्बन्धी समस्या समाधानसम्बन्धी खास काम अगाडि बढाएका छैनन् । इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाले भने वडा तहमा निवेदन लिनेबाहेक केही काम अगाडि बढाउन सकेका छैनन् । पालिकाले गर्ने सर्त अनुसारको काम नसकी आयोगले थप काम गर्न समस्या हुुने अध्यक्ष अधिकारीले बताउनुुभयो ।
अहिलेसम्म जिल्लामा ११६ भूूमिहीन दलित, ४९० भूूमिहीन सुुकुमवासी र अव्यवस्थित बसोबासमा १३ हजार ४८६ निवेदन दर्ता भएको जनाइएको छ । यीमध्ये माई नगरपालिकामा २८ भूूमिहीन दलित, ८८ भूूमिहीन सुुकुुमवासी, सात हजार ३६६ अव्यवस्थित बसोबासीको सङ्ख्या दर्ता भएको छ । यस्तै माङ्सेबुुङमा २४ भूूमिहीन दलित, २३० भूूमिहीन सुुकुमवासी, २३०८ अव्यस्थित बसोबासीको सङ्ख्या दर्ता छ । रोङ गाउँपालिकामा चार भूूमिहीन दलित, ६५ भूूमिहीन सुुकुमवासी, १७९१ अव्यवस्थित बसोबासी रहेका छन् । सूूर्योदय नगरपालिकामा ६० भूूमिहीन दलित, १०७ भूूमिहीन सुुकुुमवासी, १९६५ अव्यवस्थित बसोबासीको सङ्ख्या रहेको छ ।
अध्यक्ष अधिकारीका अनुसार जम्मा १४ हजार ९२ निवेदन दर्ता छन् । दर्ता गर्न बाँकी करिब दुई हजार नौ सय निवेदन छन् । कतिपयले फारामको सूचना खोल्न पनि भनेका छन् । इलाममा करिब २० हजार परिवारको भूमिसम्बन्धी समस्या भएको अनुुमान छ ।