• ८ जेठ २०८२, बिहिबार

एकताको सहभाव राख्न आग्रह

blog

साकेलासिलीको उद्घाटन गर्नुहुँदै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, जेठ ७ गते  । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा लोकतन्त्रको स्थापना गर्न राई जातिको महìवपूर्ण भूमिका रहेको बताउनुभएको छ । वराहक्षेत्रको चक्रघट्टीमा आयोजित उँभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्कीले मुलुक निर्माणमा समेत उत्तिकै भूमिका निर्वाह गरेको बताउनुभएको छ । 

सुनसरीको वराहक्षेत्र नगरपालिकामा किराँत राई यायोक्खा वराहक्षेत्र–६, ७ र ८ वडा कार्यसमितिले आयोजना गरेको कार्यव्रmममा प्रमुख अतिथि रहनुभएका नेता कार्कीले आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्न र संस्कृतिलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको छ । साकेला उँभौली मेलाका अवसरमा साकेलासिली नृत्यसमेत प्रदर्शन गरिएको थियो । 

नेता कार्कीले बहुजाति, बहुभाषिक एवं बहुसांस्कृतिक देश नेपाल सबै जातजातिको साझा फूलबारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकअर्काको जात, धर्म र संस्कृतिलाई सम्मान गर्दै हामीले एकताको भाव राख्नु पर्छ ।” 

सबै जातिको पहिचान, रीतिरिवाज, परम्परा, संस्कृतिले संसारमा नेपालीको मौलिक परम्पराको छुट्टै किसिमको महìव रहेको बताउँदै यसको संरक्षण गरी पुस्ता हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

कार्यव्रmममा महेन्द्रनगर, भरौल, चतरा, प्रकाशपुर, सुनसरीको इटहरी र उदयपुरको रामपुरका किराँत राई यायोक्खाको टिमले साकेलासिलीमा सहभागिता जनाएका थिए । साकेलासिली प्रदर्शनीमा पहिलो हुने टिमलाई नगद २५ हजार रुपियाँसहित प्रमाणपत्र तथा ट्रफी, दोस्रो हुने टिमलाई १५ हजारसहित प्रमाणपत्र तथा ट्रफी र तेस्रो हुने टिमलाई नगद १० हजार रुपियाँसहित प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो ।