केशब राज भट्ट
बैतडी (बाशुलिङ्ग), जेठ ५ गते । बैतडीमा एक शिशुको शव सडेको अवस्थामा फेला परेको छ । जिल्लाको मेलौली नगरपालिका वडा न ०१ मा सोमबार शिशुको शव फेला परेको हो ।
मेलौलीको बसपार्क नजिकै सडेको अवस्थामा सोमबार साझ शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।
अपराह्न ४ बजेतिर स्थानीले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । शिशुको कम्मरभन्दा तलका दुई खुट्टा मात्रै भेटिएको प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।