मकवानपुर समाचारदाता
मकवानपुर, जेठ ५ गते । पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्या वृद्धिसँगै बिरामीमा आँखाको समस्या हुन सक्ने जोखिम बढ्दै गएको छ । मधुमेहका बिरामीमा हुने आँखासम्बन्धी समस्याको जोखिमबाट बचाउन र न्यूनीकरणका लागि समुदायमा पुगेर आँखाको पर्दाको परीक्षण सुरु गरिएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालले हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा विभिन्न वडामा मधुमेहका बिरामीको आँखाको पर्दा जाँच थालेको हो ।
हेटौँडा सामुदायिक आँखा अस्पतालले हालसम्म हेटौँडा उपमहानगरपालिकाको विभिन्न आठ वटा वडामा आँखाको पर्दा जाँच गरेको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनील थकालीले मधुमेहले आँखामा नकारात्मक प्रभाव पारिसकेपछि अन्तिम अवस्थामा मात्र बिरामी अस्पताल आउने गरेको जानकारी दिनुभयो । यस्तो अवस्थामा बिरामीको दृष्टि जोगाउन समस्या हुने गर्दछ । उहाँले भन्नुभयो, “यस्तो अवस्थाका बिरामीले थोरै मात्र लापर्बाही गर्दा दृष्टि गुम्न सक्छ ।”
अस्पताल आउन नसकेका बिरामीलाई घरआँगनमा नै पुगेर आँखा जाँच गर्न उपमहानगरपालिकाको सहयोगमा यो कार्यव्रmम थालिएको डा. थकालीले बताउनुभयो । मधुमेहले आँखाको पर्दामा असर गर्ने रोगलाई ‘डाइबिटिक रेटिनोप्याथी’ भनिन्छ । अन्धोपनका प्रमुख कारणमध्ये यो पाँचौँ नम्बरमा पर्दछ,” थकालीले भन्नुभयो, “मधुमेह भएका प्रत्येक पाँच जनामा एक जनालाई डाइबिटिक रेटिनोप्याथी भएको पाइएको छ । यस्तै हरेक १० जना मधुमेहका बिरामीमध्ये एक जना अन्धोपनको सिकार भएको पाइएको तथ्याङ्क छ । हालसम्म जाँच गरिएकोमा थोरै बिरामीमा मधुमेहले धेरै असर गरेको पाइएको हो । उनीहरूलाई थप उपचारका लागि अस्पतालमा बोलाइएको अस्पतालका प्रशासन प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले हालसम्म आँखाको जाँच गरेका वडाबाहेकका नौ वटा वडामा व्रmमशः आँखा जाँच गर्ने कार्यव्रmम रहेको बताउनुभयो ।
मधुमेहले आँखामा सामान्य असर गरेको पाइएमा औषधीको प्रयोगले निको बनाउन सकिन्छ भन्दै डा. थकालीले भन्नुभयो, “धेरै असर गरेको अवस्थामा लेजर तथा शल्यव्रिmया गर्नुपर्ने हुन्छ ।” उच्च पावरको चस्मा प्रयोग गर्ने, ४० वर्ष कटेका, मधुमेह र उच्च रक्तचाप भएका बिरामीले नियमित आँखा जाँच गराउनुपर्ने आग्रह गर्दै डा. थकालीले परिवारका कुनै सदस्यलाई जलविन्दु भएको छ भने पनि नियमित आँखा जाँच गराउन डा. थकालीले सुझाउनुभयो ।