• २४ वैशाख २०८२, बुधबार

हार्दिक बधाई एवं शुभकामना

blog

त्रिलोचन पौडेल

श्री ३ देवको शासनकालमा जन्मियौ गोर्खापत्र तिमी

१९५८ वैशाख २४ गते सोमबारको शुभ साइतमा

१२५ औँ वर्षगाँठको सुअवसरमा हार्दिक बधाई ! 


हप्ताको एक पटक प्रकाशित हुने नाम गोर्खापत्र

१९८३ जेठ ४ पूर्व गोर्खापत्रको नामले विश्वविख्यात

तत्पश्चात् तिमीले गोरखापत्र नाम धारण गर्‍यौ

१२५ औँ वर्षगाँठको सुअवसरमा हार्दिक बधाई ! 


मुद्रक र प्रथम व्यवस्थापक पण्डित नरदेवद्वारा

प्रकाशित भयौ तिमी पहिलो पटक पाशुपत छापाखानामा

३३ वर्षपछि प्रथम सम्पादक प्र्र्रेमराजलाई नियुक्त गर्‍यौ

सम्पादकीयसमेत लेख्न सुरु भई नवीन अध्यायमा प्रवेश गर्‍यौ तिमी

२००० असोज २९ देखि हप्ताको दुई पटक प्रकाशित भयौ

२००३ पुस ८ देखि हप्ताको तीन पटक भयौ प्रकाशित

२०१७ फागुन ७ देखि दैनिक प्रकाशित भयौ

२०१९ असार ९ देखि शनिबार विशेष परिशिष्टाङ्कबाट पुनः नयाँ अध्याय थप्यौ

२०२२ पुस १ देखि अङ्ग्रेजी दैनिक दी राइजिङ नेपालको जन्म दिई

बनायौ वरुणलाई सम्पादक र भूस्वर्ग नेपाल भूमिबाट

गोरखापत्र यत्तिकैमा तिमी किन विश्राम लिन्थ्यौ र ?

२०२५ सालदेखि साहित्यिक मासिक मधुपर्क लिएर उदायौ 

२०४५ सालदेखि युवामञ्च मासिक पस्किदियौ 

अझै तिम्रो चित्तबुझाइ कसरी हुन्थ्यो र गोरखापत्र

२०४७ सालदेखि सन्डे डिस्प्याच र मुना हामीबिच ल्यायौ

२०५५ सालमा मनोरञ्जनप्रधान अप्सरा सुरु गर्‍यौ

२०१९ सालमा गोरखापत्रको मूल प्रति हेरेर मिलाउने संस्करण

२०२१ सालमा मासिक अङ्ग्रेजी दी नेपाल पर्सपेक्टिभ

ज्ञानेन्द्रको शासनकालमा गोर्खापत्रको पुरानो रूप धारण गर्‍यौ

ज्ञानेन्द्रको शासन ढलेपछि सक्कली गोरखापत्रमै परिवर्तन भयौ

हिजोआज घरबाटै अनलाइनमार्फत पढ्ने सुविधा प्रदान गरेका छौ

१२५ औँ वर्षगाँठको सुअवसरमा हार्दिक बधाई !