• २३ वैशाख २०८२, मङ्गलबार

गोरखापत्रले आठ उत्कृष्ट समाचारदातालाई सम्मान गर्ने

blog

गोरखापत्र संस्थानले सम्मान गर्ने उत्कृष्ट आठ जना समाचारदाता ।

काठमाडौँ, वैशाख २३ गते । गोरखापत्र संस्थानले उत्कृष्ट आठ जना समाचारदातालाई सम्मान गर्ने भएको छ । गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट समाचारदातालाई सम्मान गर्न लागेको हो ।

संस्थानमा २०८१ सालमा उत्कृष्ट समाचारदाताको भूमिका निर्वाह गरेकाले संस्थानले आठ जनालाई सम्मान गर्न लागेको हो । सम्मानित हुने समाचारदातामा कोशी प्रदेशबाट बाबुराम कार्की, मधेशबाट विजयकुमार साह, बागमतीबाट अनिल पराजुली, गण्डकीबाट ठाकुरप्रसाद आचार्य, लुम्बिनीबाट जानु पाण्डे, कर्णालीबाट मुना हमाल, सुदूरपश्चिमबाट पुष्कर भण्डारी र उपत्यका समाचारदाताबाट नगेन्द्र सापकोटा हुनुहुन्छ । 

उहाँहरूलाई बुधबार राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सम्मानित गर्न लागिएको सामान्य प्रशासन शाखाका प्रमुख सचु सेन शाहले जानकारी दिनुभयो । गोरखापत्र संस्थानले गोरखापत्र दैनिक १२५ औं वर्ष प्रवेश गरेको अवसरमा वैशाख २४ गते बुधबार राजधानीमा विशेष कार्यक्रम गर्दै छ।