• २१ वैशाख २०८२, आइतबार

ट्याक्टरको ठक्करबाट एक गम्भीर घाइते

blog

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), वैशाख २१ गते ।
स्याङ्जा कालिगण्डकीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।

कालीगण्डकी गाउँपालिका–५ कट्टीस्थित मिर्मी–भुस्टुङ भित्री सडकखण्डमा लु४त ३७९० नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा मिर्मीबाट भुस्टुङतर्फ जाँदै गरेको लु९४प ९४५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट कालीगण्डकी–४ की ३५ वर्षीय भगवती पाण्डे घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो । 

घाइते पाण्डेको कालिगण्डकी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पाल्पा पठाइएको उहाँले बताउनुभयोे । पाण्डेको टाउकोमा चोट लागेको छ । दुवै सवारी साधन र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।