• २० वैशाख २०८२, शनिबार

प्रतापपुर गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने

blog

आफ्नै भवन सेवा प्रवाह गर्दै प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयलले । तस्बिर : कल्पना खरेल

कल्पना खरेल
नवलपरासी पश्चिम, वैशाख २० गते ।
नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयलले शनिबारदेखि आफ्नै भवनबाट सेवा सुरु गर्ने भएको छ । भाडाको घरबाट सेवा प्रवाह गर्र्दै आएको यस वडाले आफ्नै भवन निर्माण भएपश्चात सोही भवनबाट सेवा सुरु गर्ने भएको हो ।

लामो समयदेखि भाडामा सेवा प्रवाह गर्दै आएको यस वडाले साना कोठा भएका कारण सेवाग्राहीलाई उभिएर लामो समय बसाल्नुपर्ने, भिडभाड बढि हुँदा कर्मचारीलाई सेवा प्रभाह गर्न कठिन हुने जस्ता समस्या झेल्दै आएको वडा नम्बर ५ का वडाध्यक्ष रमेश कानु बानियाले बताउनुभयो ।

२०७९ सालदेखि बन्न सुरु गरेको यस भवन ठेकेदारको लापरबाहिका कारण निर्माण कार्य सम्पन्न हुन चार वर्ष लागेको छ । करिब एक करोड १७ लाखमा बनेको यस भवनमा १० वटा कोठा रहेको छ  । वडा अध्यक्ष बानियाले जन्मदेखि मृत्युसम्मको हरेक दर्ता प्रक्रिया वडामा ठोकिने भएकाले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्न सहज हुने, सेवाग्राहीलाई समेत लामो समयसम्म उभिनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो । 

नौ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा वडा नम्बर ५ सहित वडा नम्बर १ र ८ गरी ३ नयाँ वडा कार्यालय बनेको छ ।  त्यस्तै, वडा नम्बर ३ को वडा कार्यालय बन्दै छ र वडा नम्बर ९ बन्ने क्रममा रहेको छ । सो वडा कार्यालयको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले समुद्धघाटन गर्नुभएको थियो ।