• १२ वैशाख २०८२, शुक्रबार

जबरजस्तीकरणीको आरोपमा युवक पक्राउ

blog

गुणबहादुर रोका 

सुलीकोट, वैशाख १२ गते । सुस्तमनस्थित भएकी महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ स्थित स्थायी घर भएका ४३ वर्षीया पोडे भनिने राजु नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार पालुङटार नगरपालिका–८ स्थायी घर भएकी सुस्तमनस्थित भएकी नाम परिवर्तित ३३ वर्षीया ध कुमारीलाई डर–त्रास धाक धम्की देखाई २०८२ साल वैशाख ९ गते राति ५ बजेको समयमा जबरजस्ती नजिकैको जङ्गलमा लगेर करणी गरेको आरोपमा पिडितको आफन्तले दिएको जाहेरी दरखस्तको आधारमा करणी आरोपी पोडे भनिने राजु नेपालीलाई पालुङटार नगरपालिका–८ बाट जङ्गलमा लुकिरहेको अवस्थामा बिहीबार जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले पक्राउ गरिएको उहाँले बताउनुभयो । 

पक्राउ परे लगत्तै करणी आरोपी पोडे भनिने राजु नेपालीलाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्तीकरणी उद्योग कसुर शीर्षकमा बिहीबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।