कोकिला ढकाल
इलाम, वैशाख ३ गते । पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जिविकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरूलाई सुुझाएको छ ।
वडाध्यक्ष नुतनदेव दुुलालले अहिले पानी परेर जमिन राम्ररी भिजेकाले तरकारी, अन्नबाली र अन्य नगदेबाली लगाउन किसानहरूलाई आग्रह गरिरहेको बताउनुुभयो । ‘‘वडा कार्यालयले पनि विभिन्न समयमा सिजन अनुसारको तरकारी, फलफूल तथा अन्य बिरुवाहरूको वितरण गरिरहेको छ ।,’’ वडाध्यक्ष दुलालले भन्नुुभयो, ‘‘अन्य विभिन्न अनुदान र साझेदारीका कृषिसम्बन्धी कार्यक्रम समेत अघि सारेको छ । जस्ले वडावासी किसानहरूको आयआर्जनमा टेवा पुुग्न सक्छ ।’’
वडाले यसपटक लागत साझेदारीमा बारी जोत्नका लागि हाते ट्याक्टर, खोर्सानी र गोलभेडा खेतीका लागि टनेल लगायतका सामग्री वितरण गरेको दुुलालले जानकारी दिनुुभयो ।
यता कृषिलाई प्राथमिकता जिल्लाका पालिकाहरूले पनि किसानलाई आधुनिक कृषि औजारहरू उपलब्ध गराइरहेका छन् । पशुुपालन र कृषिलाई आवश्यक पर्ने साम्रगीहरू घाँस काट्न प्रयोग गरिने च्याप कटर, बारी जोत्न हाते ट्याक्टर, चिया टिप्ने मेसिन लगायतका सामग्री किसानहरूलाई वितरण गरिरहेका छन् । जिल्लाका सूूर्योदय नगरपालिकाले चिया टिप्ने मेसिन, च्यापकटर, हाते ट्याक्टर वितरण गरिरहेको छ । यस्तै रोङले हाते ट्याक्टर, धान रोप्ने मेसिन, च्याप कटर, मौरी पालनका लागि मौरीको घारलगायतका सामग्री किसानहरूलाई उपलब्ध गराएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुुमाया भुुजेलले बताउनुभयो ।
जिल्लाको दुुर्गम मानिने माङ्सेबुुङ गाउँपालिकाले पनि यसपटक किसानहरूका लागि लागेत साझेदारीमा बारी जोत्न हाते ट्याक्टर वितरण गरेको छ । बारी जोत्नै नपाएर जमिन बाँझो हुन थालेपछि विकल्पका रूपमा किसानलाई हाते ट्याक्टर उपलब्ध गराइएको माङ्सेबुुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुुभयो । माई नगरपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर किसानलाई आधुुनिक औजार तथा मेसिनहरू उपलब्ध गराइरहेका छन् ।