काठमाडौँ, वैशाख २ गते । गोर्खाली रग्बी क्लबले लगातार दोस्रो पटक राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि जितेको छ ।
च्यासल रङ्गशालामा मङ्गलबार भएको लिगको अन्तिम खेलमा गोर्खालीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५५–० ले हराउँदै उपाधि रक्षा गरेको हो ।
पहिलो हाफमा ४० अङ्कको अग्रता लिएको गोर्खालीले दोस्रो हाफमा १५ अङ्क थपेको थियो । उपाधिसँगै गोर्खालीले दुई लाख २२ हजार दुई सय २२ रुपियाँ पुरस्कार पायो ।