वासुदेव शर्मा
जाजरकोट पुस २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पाँच जान उमेदवारको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटि बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जना उम्मेद्वारको नाम सिफारिस गरेको हो ।
नेपाल कम्युनिष्ट पाटी (एमाले) को जिल्ला कमिटि बैठकले प्रतिनिधि सभा सदस्य उम्मेद्वारका लागि निरज आचार्य, डम्बर सिह, नारायण घर्ति, गणेश थापा, कौशिला खत्रीको नाम सिफारिस गरेको नेकपा एमाले कार्यवहाक अध्यक्ष विश्वविक्रम शाहले बताउनुभयो ।
नेकपा एमाले जाजरकोटका अध्यक्ष शाहका अनुसार सङ्गठन निर्माणमा लामो समयदेखि पाटीका विभिन्न जिम्मेवारीमा रहि योगदान पुर्याउनु भएका नेतालाई सिफारिस गरिएको छ । भौगोलिक विकटता विकासका चुनौति, जनताको आवाजलाई केन्द्रमा प्रष्ट रुपमा राख्न सक्ने क्षमता सबै नेतामा भएकाले पाँच जनाको नाम प्रतिनिधि सभा सदस्य उमेदवारका रुपमा सिफारिस गरेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा सिफारिस भएका पाँच जान उम्मेद्वार जाजरकोटको विकास, सुशासन, जनताका जनजिविकाका सवालमा अब्वल नेताका रुपम परिचित छन् । हालै सम्पन्न महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सदस्यलाई नेकपा एमाले जिल्ला कमिटि जाजरकोटले बधाइ दिएको छ ।