नवीनराज कुईकेल
लमजुङ, वैशाख १ गते । लमजुङको दोर्दी खोलामा नुहाउने क्रममा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका-४ नौथरसेरा निवासी पाँच वर्षीया रश्मी तामाङको दोर्दी खोलामा डुबेर मृत्यु भएको हो ।
उहाँ सोमबार बिहान ९ बजेतिर पौडी खेल्न दोर्दी खोला जानुभएको थियो । डुबेर अचेत अवस्थामा उहाँलाई प्रदेश अस्पताल बेसीसहर ल्याइएको थियो। अस्पतालका चिकित्सकले उहाँलाई ११:४० बजे मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख रेशम बोहोराले जानकारी दिनुभयो ।
उहाँसँगै दुई साथीहरू पनि पौडी खेल्न गएका थिए । उहाँहरूको अवस्था भने सामान्य छ ।