जनार्जन खत्री
सर्लाही, चैत २७ गते । सर्लाहीको हरिवन नगरपालिका –८, पुरानो बजारमा मङ्गलबार साँझ आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नस्ट भएको छ ।
अर्को एउटा घरमा आंशिक क्षति पुुगेको प्रहरीले जनाएको छ । आगलागीबाट सुजिता मास्केको काठले बनाएको घर पूर्णरुपमा जलेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
सोही आगलागीमा परेर छिमेकी दीपकुमार जिसीको घरमा आंशिक क्षति पुुगेको स्थानीयले बताएका छन् । गाउँले, सुरक्षाकर्मी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुुभयो ।
प्रहरी निरीक्षक तामाङले आगलागीको वास्तविक कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको बताउनुुभयो । आगलागीबाट करिव १५ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको एकिन विवरण भने सङ्कलन हुन बाँकी नै रहेको हरिवन प्रहरीले जनाएको छ ।