शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, चैत्र २० गते । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले आफ्नो औपचारिक स्थापनाको ७५ औँ वार्षिक उत्सव (हीरक महोत्सव) आज मनाएको छ ।
रेडियो नेपालले आफ्नो ७५ औँ वार्षिकोत्सव अवसरमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो । कार्यक्रमलाई प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले उत्घाटन गर्नु भएको थियो। 
कार्यक्रममा रेडियो नेपालमा २५ काम गरेका कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गर्नुभएको थियो । त्यस्तै वरिष्ठ सङ्गीतकार, गायक, लेखकलाई पनि सम्मान गरेको थियो । रेडियो नेपालको ७५ औ वार्षिक उत्सवको अवसरमा आयोजित आधुनिक गायन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण पनि गरेको थियो ।



















 
                                        
                                                    केशब गुरुङ
                                                
                                            
                                                                                            केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                